Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


फेवाताल बचाउन सरसफाइ अभियान


0
Shares

पोखरा, जेठ २२ । विश्व वातावरण दिवसको अवसर पारेर पोखरामा फेवाताल बचाउन फिर्के बुलौंदीखोला सरसफाइ अभियान सुरु गरिएको छ ।

अभियानको शनिबार मुख्यसचिव सोमलाल सुवेदी र पूर्वमुख्यसचिव लीलामणि पौडेलले थालनी गरे ।

पोखरा नगरलाई बीचबाट छिचोल्ने दुईओटा खोलामा सरसफाइ अभियान सन्चालन भएको हो ।

फेवातालमा मिसिने फिर्के र बुलौदीखोला प्रदुषित भएपछि तालको अस्तित्व जोगाउन पनि खोला सरसफाइ अभियान सन्चालन गरिएको नागरिक समाजका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

बृहत सरसफाइ अभियानलाई प्रत्येक शनिबार सबै क्षेत्रको सहभागितामा सन्चालन गर्ने बताइएको छ ।