
काठमाडौं, जेठ २२ । विभिन्न जिल्लाबाट काठमाडौं आएर बसेका किराँतीले शनिबार टुँडिखेलमा ‘साकेला नाच’ नाचेका छन् ।
प्रकृति पूजामा विश्वास गर्ने किराँतीले ढोल बजाउँदै र गीत गाउँदै समूहमा नृत्य गरे ।
गर्मी महिनामा सर्वसाधारण मानिस तथा विभिन्न जीवजीवात्मा, चराचुरुंगीले शीतलताका लागि उँधो/उँधो बासस्थान परिवर्तन गर्ने भएकाले उधौली तथा बिरुवा पलाउने तथा टुसाउने समयमा उभौली नाच नाचिन्छ ।
किराँत समुदायले मुलुकमा बालीनाली राम्रो होस्, अतिवृष्टि, अनावृष्टि भइ अनिकाल नहोस् भनी यस्तो नाच गर्ने गर्छन् ।
किराँत राई यायोक्खाका उपाध्यक्ष दिवस राईले उक्त नाचको उद्घान गर्दै प्रथम किराँती राजा यलम्बरदेखि ३२ पुस्तासम्म काठमाडौंमा शासन गरेका किराँत वंशको अहिले ऐतिहासिक परम्परा हराउँदै गएको बताए ।
किराँत राई यायोक्खा काठमाडौंका अध्यक्ष दिलीप वान्तवाले विश्वमा बसेका सम्पूर्ण किराँतीले आजको दिन साकेला नाचेको बताए ।
करिब पाँच हजारभन्दा बढी महिला तथा पुरुष उक्त कार्यक्रममा सहभागी थिए । रासस
तस्वीरः रोशन सापकोटा
प्रतिक्रिया दिनुहोस्