
पर्वत, जेठ २२ । पर्वतमा विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेका विद्यालय र घरबास गुमाएका पीडितहरुलाई प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
रोजगारीका लागि अस्ट्रिया पुगेका पर्वतको चित्रे–२ का रुद्रबहादुर विश्वकर्माको पहलमा जिल्लाका २ विद्यालय र १८ घर–परिवारलाई ९ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरिएको हो ।
उक्त राहत रकम शनिबार लायन्स क्लब अफ शिवालय, पर्वतको संयोजनमा पीडितहरुलाई वितरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्