
काठमाडौं,जेठ २३ । झण्डै दश वर्षपछि शिक्षा ऐन संशोधनको विधेयक संसदबाट पारित भएको छ । धेरै पटकको प्रयासपछि विधेयक संसदबाट पारित भएको हो ।
विधेयक पारित भएसँगै कक्षा एकदेखि आठसम्म आधारभुत र नौदेखि १२ सम्मलाई माध्यमिक तह बनाइएको छ । विद्यालय संरचनाले कानुनी मान्यता पाएसँगै अब राष्ट्रिय परीक्षा बोर्ड गठन हुने र त्यसले विद्यालय तहको अन्तिम परीक्षा ९एसएलसी० कक्षा १२ पछिमात्र लिने छ ।
अहिलेसम्म कक्षा १० पढेपछि एसएलसी परी लिने गरिएको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता डा। हरिप्रसाद लम्सालले ऐनमा लालमोहर लागेपछि ऐन कार्यान्वयनको प्रक्रिया जाने बताए ।
शिक्षा विधेयक पारित भएपछि अब उच्च माध्यमिक शिक्षा परिषद रहने छैन । माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न एक राष्ट्रिय परीक्षा बोर्ड रहनेछ ।
उच्च माध्यमिक शिक्षा ऐन, २०४६ बमोजिमको उच्च माध्यमिक शिक्षा परिषद्बाट भए गरेका काम कारबाही बोर्डबाट भए गरेको मानिने संशोधनमा उल्लेख छ । परिषद्को नाममा रहेको चल अचल सम्पत्ति तथा दायित्व बोर्डमा सर्नेछ भने परिषदमा नियुक्त भएका कर्मचारी बोर्डको कर्मचारी मानिने छन् । नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्