९ असार २०८२, सोमबार | Mon Jun 23 2025


प्रेस चौतारीको झन्डा सगरमाथामा


0
Shares

काठमाडौं, जेठ २३ । प्रेस चौतारी नेपालका सदस्य लाक्पा गेलु शेर्पाले सगरमाथामा चौतारीको झन्डा फहराएका छन् ।

सोलुखुम्बु स्थायी घर भएका ३९ वर्षीय शेर्पा यही जेठ १० सगरमाथामा चौतारीको झन्डा फहराएर आज काठमाडौं फर्किएका हुन् । विश्वको इतिहासमा प्रेससम्बन्धी सङ्घसंस्थाको झन्डा सगरमाथामा फहराइएको यो पहिलो पटक भएको चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले जानकारी दिए ।

उपाध्यक्ष नेपालले शेर्पाले फहराएको झन्डाले विश्व प्रेस स्वतन्त्रताका लागि महत्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । चौतारीले गत वैशाखमा उनलाई सगरमाथा जान अगाडि झन्डा दिएर बिदाइ गरेको थियो । पत्रकार शेर्पालाई सोमबार सम्मान गरिने भएको छ । (रासस)