Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


देवानी तथा फौजदारी संहिता विधेयकबारे राय संकलन गरिदैं


0
Shares

नेपालगञ्ज, जेठ २३ । संसदको विधायन समितिले आज नेपालगञ्जमा देवानी तथा फौजदारी संहिता विधेयक, २०७१ माथि सरोकारवालाहरुसँग राय सुझाव लिएको छ ।

राय सुझाव संकलनका लागि गरिएको अन्तरक्रियामा सहभागीहरुले आम नागरिकको भावना अनुसार देवानी तथा फौजदारी कानुन बनाउन सुझाव दिएका थिए ।

अन्तरक्रियामा विधायन समितिका सदस्य सांसद रमेश लेखकले सरकार मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै देवानी तथा फौजदारी ऐन ल्याउने तयारीमा रहेको जानकारी दिए ।

देवानी तथा फौजदारी संहिता विधेयक, २०७१ माथि राय सुझाव संकलन गर्नका लागि ९ जना सांसद र ५ जना विज्ञहरु नेपालगन्ज पुगेका हुन् ।