Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


सांसदहरुको सुविधा बढाउने प्रक्रिया सुरु


0
Shares

काठमाडौं, जेठ २४ । संसद सचिवालयले सांसदहरुको सेवा–सुविधा बढाउने प्रक्रिया सुरु गरेको छ ।

सरकारले बजेट वक्तव्यमार्फत वृद्धि गरेको कर्मचारीको २५ प्रतिशत पारिश्रमिक स्वतः सांसदहरुको समेत बढ्नेछ । त्यही अनुपातमा घरभाडा, सञ्चार, मसलन्दलगायत सुविधा थपिने भएको हो । बैठक भत्ता र यातायात खर्च भने झन् भारी मात्रामा बढाइँदैछ ।

मासिक पारिश्रमिक र सुविधा गरी ५६ हजार २ सय २८ पाउँदै आएका सांसदहरुले प्रस्तावित पुनरावलोकनपछि मासिक ८५ देखि ९० हजारको हाराहारीमा पाउनेछन् ।

त्यसका अतिरिक्त बैठक बसेको दिन यातायात खर्च एक हजार र बैठक भत्ता एक हजार ५०० रुपैयाँ थप दिइने छ । यतिन्जेल एक सय ५० रुपैयाँ यातायात खर्च र २ सय रुपैयाँ बैठक भत्ता थियो । –कान्तिपुर दैनिकबाट