
काठमाडौं, जेठ २४ । प्रधानमन्त्री केपी शर्माले ओलीले वर्तमान सरकार देशको विकासमा केन्द्रीत भएको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २३ औं महाधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब देशको विकासमा तिब्ररुपमा लाग्ने बताएका हुन् ।
उनले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन नसके देशको विकास हुन नसक्ने भन्दै कृषि यान्त्रीकरणमा जोड दिइने स्पष्ट पारे ।
स्वदेशमै रोजगारी सिर्जना गरेर विदेसिनेहरुको संख्या कटौती गर्ने सरकारको नीति भएको उनको भनाइ थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग सञ्चालनमा सहयोग पुर्याउनेहरुलाई सम्मान गरिएको थियो । दुई दिनसम्म चल्ने घरेलु तथा साना उद्योग महासंघको महाधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्