
कन्चनपुर, जेठ २४ । कन्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी २३ वर्षीया रामदुलारी रानाको हत्यारालाई कारबाहीको माग राख्दै गाउँलेहरुले सोमबार महेन्द्रनगरमा प्रर्दशन गरेका छन् ।
महिला अधिकारका क्षेत्रमा कार्यरत् विभिन्न संघ–संस्था, अधिकारकर्मी र महिलाको प्रर्दशनमा सहभागिता रहेको थियो ।
जेठ १८ गते राति हराएकी रानाको शव २२ गते पूर्व–पश्चिम राजमार्ग किनारको नालामा फेलापरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरले भने रानाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रकाश मल्ल र उनका बाबु ईन्द्रबहादुर मल्लसहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्