९ असार २०८२, सोमबार | Mon Jun 23 2025


रेडक्रस सोसाइटीले भविष्यमा अझ शसक्त भएर काम गर्ने


0
Shares

काठमाडौं, जेठ २५ । मानवीय सहायतालाई अझै विस्तार गर्ने लक्ष्यका साथ नेपाल रेडक्रस सोसाइटीले दातृनिकायका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

रेडक्रस सोसाइटीले गरेको छलफलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा महिला तथा बालबालिका मन्त्री सिपी मैनालीले ठूला विपत्तिहरुमा सरकारले मात्र सबै काम गर्न नसक्ने भन्दै रेडक्रसले पुर्‍याउँदै आएको सहयोग उल्लेखनीय रहेको बताए ।

उनले भूकम्पपछिको पुनर्निर्माणमा सरकार लागिरहेकाले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

कार्यक्रमममा सहभागी दातृ निकायका प्रतिनिधिहरुले मानवीय उद्धारमा लाग्दै आइरहेको रेडक्रस सोसाइटीले विश्वभरमै प्रसंसनी काम गर्दै आएको भन्दै आगामी दिनका चुनौतीमा अझै सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिए ।