
रौतहट, जेठ २५ । रौतहटमा विषालु सर्पले डसेर मंगलबार गौर नगरपालिका–१० बस्ने ५६ वर्षीया तेतरी खातुनको मृत्यु भएको छ ।
खाना पकाउन गोठबाट दाउरा निकाल्दै गर्दा मंगलबार बिहान उनलाई विषालु सर्प गोमनले डसेको हो । गौर अस्पतालमा उपचारकोक्रममा उनको मृत्यु भएको हो ।
शरीरमा सर्पको विषको मात्रा धेरै नै फैलिसकेको हुँदा ‘एन्टी स्नेक भेनम’ले काम नगरेको अस्तालले जनाएको छ ।
मृतकको शव परीक्षण हुन बाँकी छ । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्