२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तीनओटै दल एक ठाउँमा उभिनुपर्छ : गगन


0
Shares

मुगु, जेठ २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न नेपालका मुख्य तीन राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

संविधानमा व्यवस्था भएअनुसार स्थानीय, संसदीय तथा राष्ट्रिय गरी तीनओटै निर्वाचन पूरा गर्न डेढ वर्षको समयसीमा भएकाले निर्धारित् समयसीमाभित्र तीनओटै निवार्चन हुन नसके देश गम्भीर अवस्थामा फस्ने हुँदा देशलाई बचाउनका लागि तीन दल एक भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

नेपाल तरुण दल जिल्ला कार्यसमिति मुगुको चौथो जिल्ला अधिवेशन उद्घाटन गर्न मंगलबार मुगु आइपुगेका थापाले उक्त धारणा राखेका हुन् ।

मधेसी दलका जायज माग पूरा गरी उनीहरुलाई पनि विकासको मूलधारमा ल्याउनुपर्ने बताउँदै केन्द्रीय सदस्य थापाले प्राकृतिक साधन, स्रोतले समृद्घ राराको पर्यटन विकासमा दीर्घकालीन गुरुयोजना आवश्यक भएकाले त्यसतर्फ आफू लागिपर्नेसमेत बताए । रासस

फाइल फोटो