
लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, जेठ २६ । कृषि विकासमन्त्री हरिबोल गजुरेलले नेकपा माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने बताएका छन् ।
पर्वतका सरकारी कार्यालयका प्रमुखहरुसँग बुधबार भएको भेटघाटमा मन्त्री गजुरेलले नेकपा एमालेसँगको सहमतिअनुसार अबको सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने बताएका हुन् ।
उनले आगामी सरकार राष्ट्रिय सहमतिको हुने दाबी पनि गरे ।
राष्ट्रिय सहमतिको सरकारका लागि नेपाली कांग्रेस र एमाले सकारात्मक देखिएको उनको भनाइ थियो ।
मन्त्री गजुरेलले सरकारको नीति तथा कार्यक्रम र बजेटमा कृषकलाई पेन्सन दिने व्यवस्था रहेको भन्दै कृषिमा भविष्य नदेखेर पलायन हुनुपर्ने अवस्था नआउने दाबीसमेत गरे ।
प्रतिक्रिया दिनुहोस्