१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


यात्रुबस ट्रकसँग जुधेपछि यसरी लाग्यो आगो, महिलाको मृत्यु, २६ यात्रु घाइते (फोटो)


0
Shares

रामबाबु यादव (इमेज)
सिरहा, जेठ २७ । सिरहाको गोलबजार–६ स्थित गागन खोलामा विहीबार बिहान यात्रुबाहक बस ट्रकसँग जुधेलगत्तै आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । मृतक महिलाको सनाखत हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार ना५ख ८५३८ नम्बरको यात्रुबाहक बस र ना२ख ४२९४ नम्बरको ट्रक एकआपसमा जुधेको हो ।

ट्रकसँग ठोक्किएलगत्तै बसमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट बस पूर्णरुपमा क्षति भएको छ । बससँगै यात्रुको समानसमेत जलेर नस्ट भएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको धरान र विराटनगरमा उपचार भइरहेको छ ।