२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


दीर्घकालीन व्यवस्थापनका लागि ठोस नीति ल्याउन बहिर्गमित लडाकूको माग


0
Shares

काठमाडौं, जेठ २७ । बहिर्गमित माओवादी लडाकूले आफूहरुको दीर्घकालीन व्यवस्थापनका लागि ठोस नीति ल्याउन सरकारसँग माग गरेका छन् ।

विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी बहिर्गमित माओवादी लडाकूहरुको संगठन पूर्वजनमुक्ति सेना नेपालले अपांग बहिर्गमित लडाकूहरुको सम्पूर्ण स्वास्थ्य उपचारको व्यवस्था राज्यले गर्नुपर्ने र विभिन्न झुठा मुद्दामा जेल जीवन बिताइरहेकाहरुलाई रिहा गर्नुपर्नेलगायतका माग राखेको हो ।

पत्रकार सम्मेलनमा ललितपुरमा सम्पन्न पूर्वमाओवादी लडाकूहरुको सम्मेलनले लेनिन विष्टको अध्यक्षतामा एक सय ५१ सदस्यीय राष्ट्रिय कार्य समितिको चयन गरेको जानकारी दिइएको थियो ।