१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


नुवाकोटमा बालुवाखानीमा पुरिएर तीनजनाको मृत्यु


0
Shares

कपिलदेव खनाल (इमेज)
नुवाकोट, जेठ २७ । नुवाकोटको खड्गभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर–९ गैह्रीखोल्साको बालुवाखानीमा पुरिएर तीनजनाको मृत्यु भएको छ ।

विहीबार बिहान बा३ख ९७०९ नम्बरको मिनीट्रकमा बालुवा निकाल्नेक्रममा ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक विकास भन्ने गंगासिंह तामाङ, सहचालक प्रकाश भनिने बुद्ध तामाङ र कामदार शंकर राई रहेका छन् । एकजनाले भने भागेर ज्यान जोगाएका छन् ।

उक्त बालुवाखानी अनधिकृतरुपमा सन्चालन भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल सदरमुकाम विदुरबाट १५ किलोमिटर दक्षिणमा पर्दछ ।