१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


धरहरा बनाउन २५ लाख, धुर्मुस सुन्तली फाउन्डेसनलाई १४ लाख सहयोग


0
Shares

काठमाडौं, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैनिक श्रीमती संघले धरहराको नवनिर्माण गर्न सहयोगस्वरुप रु २५ लाख हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीले विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा धरहरा पुनःनिर्माण कोषमा रहने गरी रु २५ लाखको चेक हस्तान्तरण गरेकी हुन् ।

सोही अवसरमा धुर्मुस सुन्तली फाउन्डेसनलाई संघले भूकम्पपीडित आवास व्यवस्थाका लागि रु १४ लाख उपलब्ध गराएको थियो ।

भूकम्पबाट क्षति भइ पुनःस्थापना गर्नुपर्ने सामुदायिक विद्यालय छनोटको प्रक्रियामा रहेको हुँदा छनोटकार्य सम्पन्न हुनासाथ विद्यालय निर्माणका लागिसमेत संघले आर्थिक सहयोग प्रदान गर्ने लक्ष्य लिएको छ ।

भूकम्पबाट क्षति भएको ऐतिहासिक भीमसेन स्तम्भ, सामुदायिक विद्यालय भवनको पुनःनिर्माण तथा संघको कल्याणकारी राहतका कार्यक्रमलाई कोष व्यवस्थापन गर्न भारतीय एवं नेपाली कलाकारको सहभागितामा ‘अमर पक्षी’ सांगीतिक कार्यक्रम सन्चालन गरिएको थियो । रासस