काठमाडौं, जेठ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि मित्रराष्ट्र होली सीका गैरआवासीय राजदूत आर्च बिसप साल्भाटोर पेनाचिओसँग शिष्टाचार भेट गरेकी छन् ।
विहीबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र होली सीबीचको सम्बन्ध, भ्रातृत्व तथा सामाजिक–आर्थिक विकासमा दुई देशले खेलेको भूमिकालगायतका विषयमा छलफल भएको थियो ।
उक्त अवसरमा नेपाल सरकारका उच्च अधिकारीहरुकोसमेत उपस्थिति रहेको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्