१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


शल्यक्रिया गर्न लागिएकी सुत्केरीको हृदयाघातबाट मृत्यु


0
Shares

उदयपुर, जेठ २८ । जिल्ला अस्पताल उदयपुरमा बिहीबार बेलुकी शल्यक्रिया गर्न लागिएकी एक सुत्केरी महिलाको हृदयाघातका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ पुरानो गाईघाटस्थित सोनापुर बस्ने २९ वर्षीया जानुका विक रहेको जिल्ला अस्पताल उदयपुरले बताएको छ ।

बिरामीलाई सुत्केरी व्यथा लागेर अस्पताल ल्याएपछि शल्यक्रियाका लागि तयारी गर्नै लाग्दा हृदयाघात भई मृत्यु भएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विष्णुबहादुर बस्नेतले बताए । (रासस)