१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


पहिलो विदेशभ्रमणका क्रममा उपराष्ट्रपति चीन प्रस्थान


0
Shares

काठमाडौं, जेठ २८ । उपराष्ट्रपति नन्दबहादुर पुन आज चीन भ्रमणमा गएका छन् ।

भ्रमणका क्रममा उपराष्ट्रपति पुनले चौथो चीन दक्षिण एसिया मेला, २४ औं चीन कुन्मिङ आयात निर्यात व्यापार मेला र चीन दक्षिण एसिया व्यवसायी मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्त माली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, स्वकीय सचिव सुकबहादुर रोका, प्रेस संयोजक मनोज घर्ती, पाश्र्ववर्ती प्रमुख सेनानी मनोकुमार सिलवाललगायत ११ जना छन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हो । उनी चीनको साताव्यापी भ्रमण सकेर आगामी असार २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति चित्रबहादुर केसी लगायतले उपराष्ट्रपति पुनलाई बिदाई गरेका थिए ।