
प्रकाश लम्साल (इमेज)
बारा, जेठ २८ । बाराको पथलैया–निजगढ सडकखन्डको पिलुवामा शुक्रबार कार र मोटरसाइकल एक–आपसमा ठोक्किएर भएको दुर्घटनामा दुईजना प्रहरीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी, बनौली–८ का पवनकुमार मिश्र र दोलखा, बोच–८ का कुमार तामाङ छन् ।
को१च ८७६७ नम्बरको कार र बा२प ९६५७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई प्रहरी जवानको मृत्यु भएको हो । उनीहरु पर्सामा कार्यरत् थिए ।
दुर्घटनामा कारचालक सर्लाहीका विवेक सिंह घाइते भएका छन् । उनको सिमरस्थित तराई हस्पिटलमा उपचार भइरहेको छ ।
तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्