Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


नेवार समुदायले मनाए सिथि नखः पर्व


0
Shares

काठमाडौं, जेठ २८ । नेवार समुदायले शुक्रबार सिथि नखः पर्व मनाएका छन् ।

पानीका स्रोतहरुको सरसफाइ गर्दै सिथिः नख पर्व मनाउने गरिन्छ । टोलमा रहेका इनार, ढुंगेधारा, कुवा र पोखरीलगायतको सरसफाइ गरी कुमारको पूजा गर्ने चलन रहेको छ ।

इनार सफा गरिसकेपछि गुगी र मासको बारा तथा चटामरी खाने चलन पनि रहेको छ ।

आजको दिनलाई महादेव र पावर्ती पुत्र कुमारको जन्मदिन मान्दै कुमारको मूर्ति प्रदर्शन गर्ने चलन पनि रहेको छ ।