Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


राजा विरेन्द्रले बनाउन लगाएको बुलबुले तालको यस्तो हालत भयो (भिडियो)


0
Shares

-मानबहादुर वली, ईमेज

सुर्खेत, जेठ २९ । सुर्खेत उपत्यकाको वीच भागमा २४ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले उद्यान जीर्ण अवस्था पुगेको छ । उद्यानको बीचमा रहेको वुलवुले तालको पानीसमेत फोहोर हुँदै गएको छ ।

सुर्खेतको प्रमुख पर्यटकीय स्थलको रुपमा परिचित बुलबुले उद्यानमा एकदशक अघिसम्म स्वदेशी मात्र नभई विदेशी पर्यटकहरुको समेत घुईंचो लागे पनि तालसँगै उद्यान जीर्ण बन्दै गएपछि तालमा स्थानीय नुहाउने र लुगा धुनेबाहेक पर्यटक शुन्य हुँदै गएको छ ।

सुर्खेत उपत्यकाको दर्शनीय स्थलमा सबैभन्दा पहिले बुलबुले तालकै नाम आउने गर्दछ । मनोरञ्जनका लागि बनाईएका पानीको फोहोरा निस्कने तलैया पनि सुख्खा बनेको छ । प्रख्यात बुलबुले उद्यानको अवस्था दिनदिनै विजोग बन्दै गएपछि यहाँका बासिन्दा चिन्तित बनेका छन् ।

वि.स. २०३० सालमा राजा वीरेन्द्रको निर्देशनमा सुर्खेत सवारीको क्रममा बुलबुले उद्यानको विकास, संरक्षण र सम्वद्र्धनको जिम्मा पाएको सुर्खेत उपत्यका नगर विकास समितिको लापरबाहीको कारण उद्यानको यो दुरगति हुन पुगेको हो ।

एक दशक अघिसम्म बुलबुले तालमा ५ वटा डुङ्गा संञ्चालनमा रहेपनि त्यस यता नियमित डुङ्गा सञ्चालनमा छैनन । फोहोर पानीका कारण तालमा झार झाँङ्गिएर चलाउन नमिलेपछि नियमित डुंगा सञ्चालनमा कठिन भएको हो ।

उद्यान भित्र रहेका पानीको फोहरा फाल्ने मेशिन मात्र होइन पर्यटकहरु विश्राम गर्ने घर र बगैंचाहरु समेत अहिले लथालिङ्ग अवस्थामा छन् । त्यसैले बुलबुले घुम्न आउने पर्यटकलाई सुने भन्दा भिन्न लाग्ने गरेको छ ।