१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


लोकसेवाद्धारा सरकारी कर्मचारीको बढुवा, कारबाही गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्त तयार


0
Shares

काठमाडौं, जेठ २९ । लोकसेवा आयोगले सुरक्षा निकाय तथा अन्य सरकारी सेवाका कर्मचारीको बढुवा र विभागीय कारबाही गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्त तयार गरेको छ ।

आयोगले तयार पारेको सिद्धान्तलाई निष्कर्षमा पुर्‍याउन शनिबार राजधानीमा गरिएको कार्यक्रममा आयोगका अध्यक्ष उमेश मैनालीले नयाँ संविधानले आयोगको जिम्मेवारीको दायरालाई फराकिलो बनाएको बताए ।

उनले यो जिम्मेवारीसँगै बल्ल निजामती आयोगबाट लोकसेवा आयोगमा रुपान्तरण भएको विचार व्यक्त गर्दै संविधानको प्रावधानअनुसार सार्वजानिक संस्थामा कर्मचारी भर्नाका लागि परीक्षा लिन सुरु गरिसकिएको जानकारी दिए ।

२००८ सालमा स्थापित लोकसेवा आयोगले २०१३ सालदेखिमात्र निजामती कर्मचारीका लागि लिखित परीक्षा लिन सुरु गरेको थियो ।

आयोगका सचिव माधवप्रसाद रेग्मीले सुरक्षा निकायको बढुवा प्रक्रियालाई अझ प्रभावकारी बनाउन र सार्वजनिक संस्थाको कार्यक्षमता अभिबृद्धि गर्न सामान्य सिद्धान्त बनेको जानकारी दिए ।