२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


संघीय जनमुक्ति पार्टी नयाँ शक्तिमा गाभियो, नयाँ शक्तिको आम्दानी १ करोड ७६ लाख


0
Shares

काठमाडौं, जेठ २९ । नयाँ शक्ति नेपालसँग संघीय जनमुक्ति पार्टी गाभिएको छ ।

शनिबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै दुबै पार्टीका नेताहरुले अब नयाँ शक्ति नेपालको सबैभन्दा ठूलो शक्ति बन्ने उद्घोषसमेत गरेका छन् ।

नयाँ शक्तिले शनिबार राजधानीमा शक्ति प्रर्दशनसहित पार्टी घोषणासभा गर्दैछ ।

पत्रकार सम्मेलनमा घोषणको सबै तयारी पूरा भएको र २५ देशका राजदूतहरुलाई निम्तो गरिएको जानकारी दिइयो ।

हालसम्म पार्टीमा १ लाख १४ हजार ५ सय ४६ जनाको सदस्यता प्राप्त भएको जानकारी पनि दिइयो ।

अहिलेसम्म सदस्यस्तालगायतका शुल्कबाट १ करोड ७६ लाख ६५ हजार तीन सय रुपैयाँ आम्दानी भएको देखाएको नयाँ शक्तिले पार्टी घोषणासभामा एक करोड पाँच लाख खर्च हुने प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।