दीर्घराज उपाध्याय (इमेज)
धनगढी, जेठ २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको दोहोर्याएका छन् ।
मधेसमा देखिएको समस्या समाधान गरी संविधानको कार्यान्वयन गर्न, भूकम्पपछिको पुनःनिर्माणलाई द्रुतगतिमा अगाडि बढाउन र शान्तिप्रक्रियाका बाँकी कामलाई सकारात्मक ढंगले टुंग्याउन सहमतिको सरकार आवश्यक रहेको उनले बताए ।
शनिबार धनगढीमा पब्लिक मिडिया क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले प्रादेशिक तथा स्थानीय चुनाव गराउन तथा द्धन्द्धकालका मुद्दा हेर्न गठन भएका आयोगका जटिलता हटाउन संविधान संशोधनका लागि नेपाली कांग्रेससहितिको सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् ।
अध्यक्ष दाहालले अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिन प्रयास गरिनेसमेत बताए ।





प्रतिक्रिया दिनुहोस्