Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


ओली सरकारले जनताको ढाड भाच्ने गरी बजेट ल्यायो : पौडेल


0
Shares

ओमकार आचार्य (इमेज)
तनहुँ, जेठ २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले ‘जनताको ढाड भाच्ने गरी बजेट ल्याएको’ आरोप लगाएका छन् ।

तनहुँको क्यामिन गाविसको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै पौडेलले कांग्रेसको सरकारले विगतमा देशको अर्थतन्त्रमा आँच नपुग्ने गरी बजेट ल्याएको तर एमालेको नेतृत्वको वर्तमान सरकारले आफ्नै पार्टीलाईमात्र फाइदा पुग्ने गरी बजेट ल्याएको आरोप लगाए ।

यस वर्षको बजेट आउनासाथ महँगी बढेकाले बजेट गरिब जनताको हितमा नभएको पौडेलको टिप्पणी थियो ।