२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


नयाँ शक्ति नेपालको औपचारिक घोषणा आज, यस्तो छ तयारी


0
Shares

काठमाडौं, जेठ ३० । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ शक्ति नेपालको औपचारिक घोषणा आज गरिँदै छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष कार्यक्रम गरी पार्टी घोषणा गर्न लागिएको हो । ‘अबको निकास, आर्थिक विकास’ भन्ने नाराका साथ गर्न लागिएको नयाँ पार्टीको घोषणा कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतासहित २५ देशका राजदूतलाईसमेत निम्ता गरिएको बताइएको छ ।

घोषणासभामा सहभागी हुन विभिन्न देशका पार्टी प्रतिनिधिहरुसमेत उपस्थित हुने बताइएको छ । घोषणा सभाअघि कुपण्डोल, बबरमहल, कालीमाटी र रत्नपार्कबाट र्‍यालीसहित रंगशालामा पुग्ने कार्यक्रम तय गरिएको नयाँ शक्ति नेपालले जनाएको छ ।

यसअघि शनिबार पत्रकार सम्मेलन गरी नयाँ शक्ति नेपालले हालसम्म १ लाख १४ हजार ५ सय ४६ जनालाई सदस्यता वितरण गरिएको जानकारी दिएको छ । अहिलेसम्म सदस्यतालगायतका शुल्कबाट १ करोड ७६ लाख ६५ हजार ३ सय आम्दानी देखाएको नयाँ शक्तिले पार्टी घोषणासभामा १ करोड ५ लाख खर्च हुने प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

पार्टी घोषणाको एकदिन अघि नयाँ शक्ति नेपालसंँग संघीय जनमुक्ति पार्टीसमेत गाभिएको छ ।