म्याग्दी, जेठ ३० । गएराति परेको भीषण वर्षाका कारण म्याग्दीको बेनी बजार डुबानमा परेको छ ।
म्याग्दीकै अर्थुङ्गे क्षेत्रबाट बाढी आउँदा सदरमुकाम बेनीबजारका क्याम्पसचोक र मंगलाघाटका ५० भन्दा बढी घर डुबानमा परेका छन् ।
क्याम्पसचोक र मंगलाघाटकामा बाढीले बगाएर ल्याएको लेदो थुप्रिएको छ । बाढीका कारण त्यहाँका बासिन्दा त्रसित भएका छन् । बाढीले पुर्याएको क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्