१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


सामूहिक अस्थायी आवास निर्माणमा जुट्यो सेना


0
Shares

रसुवा, जेठ ३० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आह्वान गरेसँगै नेपाली सेनाले रसुवामा सामुहिक अस्थायी आवास निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नारायण दल गणले जिल्लाको धुन्चे र स्याफ्रुबेसीमा सामुहिक आवास निर्माण प्रक्रियालाई तिब्रता दिएको हो ।

सेनाले धुन्चेमा २० र स्याफ्रुमा ८ गरि २८ परिवारका लागि शौचालय, सौर्यबत्ती तथा खानेपानीसहितका १४ वटा सुविधा सम्पन्न सामुहिक अस्थायी आवास निर्माण गरिरहेको छ ।

त्यस्तै सहरी विकास तथा भवन डिभिजन कार्यालय रसुवाले ४८ परिवारका लागि स्याफ्रु, धुन्चे, धैबुङ लहरेपौवा गरी ४ स्थानमा आवास निर्माणको काम गरिरहेको जनाएको छ ।