Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


बीरेन्द्रनगरमा बन्दैछ सुविधा सम्पन्न बसपार्क


0
Shares

सुर्खेत, जेठ ३० । सुर्खेतको बीरेन्द्रनगरमा सुविधा सम्पन्न सिटी बसपार्क निर्माणको कामले तिव्रता लिएको छ ।

बसपार्कका लागि आधारभूत संरचना निर्माणको कार्य भइरहेको बीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्माले ६ करोड ८२ लाख रुपैयाँको लागतमा बसपार्क निर्माण कार्य भइरहेको जानकारी दिए ।

उनले बसपार्क निर्माणले जिल्लाकै विकासमा थप योगदान गर्ने बताए ।

सन् २०१८ सम्म बसपार्क निर्माणको काम सकिने नगरपालिकाले जनाएको छ । बसपार्क नबन्दासम्म अहिले सुर्खेतको मंगलगढी नजिक अस्थायी बसपार्क बनाइएको छ । नयाँ बसपार्क वरिपरि ५४ वटा साना घर, बीचमा बस काउन्टर र वरिपरि सुविधासम्पन्न बसपार्क बन्ने डिजाइन तयार गरिएको नगरपालिकाले जनाएको छ ।