Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


विद्यार्थीले चर्मीभित्रै झुन्डिएर आत्महत्या गरे


0
Shares

काठमाडौँ, जेठ ३० ।  नेपाल मोडल स्कुल बसुन्धरामा अध्ययनरत सुशान्त मैनालीले आज आत्महत्या गरेका छन् ।

नेपाल मोडल स्कुल बसुन्धरामा कक्षा १० मा अध्ययनरत १६ वर्षीय मैनालीलाई एक तलामाथि रहेको विद्यालयको चर्पीमा झुन्डिएको अवस्थामा फेला पारिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

केही वर्षदेखि होस्टलमा बस्दै आएका काभ्रेपलाञ्चोकका मैनाली आज बिहान ९ बजे खाना खाने बेलामा चर्पीमा छिरेको र त्यसै समयमा आत्महत्या गरेको प्रहरीले जनाएको छ । रासस

Skip This