Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


मधेसको समस्या समाधान हुन्छ भने संयोजकबाट हट्न तयार छु : मन्त्री थापा


0
Shares

काठमाडौं, जेठ ३० । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले मधेस समस्याको समाधान हुने भए आफू राजनीतिक संयन्त्रको संयोजकबाट हट्न तयार भएको बताए ।

भारत भ्रमणबाट आज स्वदेश फर्किएका उपप्रधानमन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक दुई दिनमै प्रधानमन्त्रीसँग भेटेर यस सम्बन्धमा ठोस निर्णय लिने बताए ।

दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन शुक्रबार नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेट सकारात्मक रहेको बताए ।

उनले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण अन्तिम समयमा रद्द गर्नुपर्दा भारतलाई परेको अप्ठेरोको लागि माफी मागेको र चाँडै नै फेरि अर्को भ्रमण हुने कुरा राखेको पनि जानकारी दिए ।

आगामी अगष्टमा नेपाल–भारत संयुक्त संयन्त्रको बैठक बस्ने सहमति भएको र डेढ महिनाभित्र १३ वटा दुई पक्षिय बैठक आयोजना हुने जानकारी पनि उनले दिए ।