Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


आयोगमा परेका उजुरीका आधारमा पीडितले न्याय पाउँछन् : अध्यक्ष दाहाल


0
Shares

बर्दिया, जेठ ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोगमा परेको उजुरीको छानवीन पछि पीडितलाई अधिकतम क्षतिपूर्ति र भरण पोषणको व्यवस्था गरिने दाबी गरेका छन् ।

बर्दियाको सूर्यपटुवा गाविसको डल्ला गाउंमा शहीद वेदप्रसाद थारुको शालिक अनावरण गर्दै उनले छानविन प्रतिवेदनको आधारमा वेपत्ता तथा मृतकका परिवारले क्षतिपूर्ती र भरणपोषणको व्यवस्था गरिने बताए ।

आफ्नो पार्टीले बहुमत ल्याउन नसक्दा सेवा, सुबिधा उपलव्ध गराउन नसकेको उनको भनाइ थियो । वेदप्रसाद थारु द्वन्द्वकालमा सरकारी पक्षबाट वेपत्ता पारिएका व्यक्ति हुन् ।