Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


नेवि संघको महाधिवेशन साउन २३ गते काठमाडौंमा हुने


0
Shares

काठमाडौं, जेठ ३० । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आउँदो साउन २३ गते काठमाडौंमा गरिने भएको छ ।

साउन २३ गतेदेखि २५ गतेसम्म हुने महाधिवेशनका लागि भृकुटीमण्डप बुक गरिएको नेबिसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिएका हुन् ।

भृकुटीमण्डपको भाडा वाफत् हरेक दिन २ लाख १० हजार रुपैयाँ बुझाउनुपर्ने छ । नेविसंघले साउन २२ गतेदेखि नै भृकुटीमण्डप बुकिङ गरेको छ ।

महाधिवेशनमा करीब ३ हजार ४ सय प्रतिनिधि सहभागी हुने नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।

महाधिवेशनको मिति, स्थान र आवश्यक तयारी लगायतका विषयमा थप औपचारिक निर्णय सोमबार हुने पनि लामिछानेले जानकारी दिए ।