Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


प्रधानमन्त्रीले वार्ताका लागि पत्र पठाउनु सकारात्मक : यादव


0
Shares

काठमाडौं, जेठ ३१ । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्रीले वार्ताका लागि पत्र पठाउनु सकारात्मक भएको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले वार्तामा बोलाउनु सकारात्मक भएपनि समस्या समाधानका लागि प्रधानमन्त्री गम्भीर नभएसम्म वार्ताको औचित्य नहुने बताए ।

कार्यक्रममा संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले संघीय गठबन्धनले आन्दोलन गरिरहेको भन्दै गठबन्धनकै नाममा वार्ताको पत्र आउनुपर्ने धारणा राखे ।

यस्तै, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार समस्या समाधानका लागि गम्भीर भएर नै आन्दोलनकारीलाई वार्ताका लागि बोलाइएको बताए ।