Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


आफ्ना कार्यकर्ता राजेश सेनको हत्यारा पत्ता नलगाएको भन्दै तरुण दल आक्रोशित


0
Shares

काठमाडौं, जेठ ३१ । नेपाल तरुण दलले कपिलवस्तुका आफ्ना कार्यकर्ताको हत्यारा पत्ता लगाउन सरकारले उदासीनता देखाएको आरोप लगाएको छ ।

तरुण दलले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी कपिलवस्तु क्षेत्र नम्बर–१ का कार्यकर्ता राजेश सेनको गत माघ २१ गते हत्या भएकोमा अझैसम्म हत्यारा पत्ता नलागेको भन्दै आक्रोश पोखेको हो ।

तरुण दलका अध्यक्ष उदय शम्शेर राणाले हत्यारा पत्ता लगाइ कारबाही गर्न, मृतकलाई सहिद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।