११ असार २०८२, बुधबार | Wed Jun 25 2025


ढिस्कोले घर पुरिँदा दुईजनाको मृत्यु


0
Shares

ताप्लेजुङ, जेठ ३२ । ताप्लेजुङमा अविरल वर्षाका कारण झरेको ढिस्कोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ नगरपालिका ८ निवासी चार बर्षीया अंशु तामाङ र तीन बर्षीय अमृत तामाङ छन् । गएराति २ बजेतिर माथिबाट झरेको ढिस्कोले घरको तल्लो तला भत्काउँदा सोही तलामा सुतिरहेका उनीहरुको पुरिएर मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

बालबालिकाकी आमा ३० वर्षीया सीता तामाङ र दिदी १२ वर्षिय अस्मिता तामाङ भने घाईते भएका छन् । उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।