Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


कांग्रेस सत्ताभन्दा पनि राज्य व्यवस्थाप्रति चिन्तित छ: वरिष्ठ नेता पौडेल


0
Shares

चितवन, जेठ ३२ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस सत्ताभन्दा पनि राज्य व्यवस्थाप्रति चिन्तित रहेको जिकीर गरेका छन् ।

नेपाल प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले देशमा कहिल्यै पनि व्यवस्था स्थिर हुन नसकेको भन्दै अब व्यवस्था स्थिर बनाउँदै देश विकासलाई गति दिनुपर्ने पक्षमा काँग्रेस रहेको प्रष्ट पारे ।

नेता पौडेलले कांग्रेस सधै स्थानीय निकाय निर्वाचनका पक्षमा रहेको भन्दै नयाँ संविधान अनुसार मात्रै स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताए ।