
भक्तपुर, जेठ ३२ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकार परिवर्तनको विषय हल्लामात्र भएको दाबी गरेका छन् ।
मंगलबार रफत सन्चार क्लबले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले वर्तमान गठबन्धनको सरकारबाट एक दलमात्र बाहिरिए पनि देशमा संवैधानिक संकट आउनसक्ने बताए ।
मन्त्री पाण्डेले अबको एजेन्डा आर्थिक समृद्धि भएकाले सबै दलहरु एक भएर अगाडि बढे आर्थिक रुपान्तरण सम्भव रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्