१० भाद्र २०८२, मंगलबार | Wed Aug 27 2025


‘हरेक स्वास्थ्य संस्थामा मिडवाइफ्रीहरु राख्नुपर्छ’


0
Shares

काठमाडौं, वैशाख २१ । तेस्रो मिडवाइफ्री सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु भएको छ ।

‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारको पैरवीकर्ता’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय मिडवाइफ दिवस पारेर सम्मेलनको आयोजना गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले आमा तथा शिशुको मृत्युदरमा कमी ल्याउन हरेक स्वास्थ्य संस्थामा मिडवाइफ्रीहरु राख्नुपर्ने बताए ।

उनले सरकारले सोचेजस्तै मुलुकलाई ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने हो भने स्वास्थ्य क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए ।

सरकारले अहिले स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेट पर्याप्त नभएको उनको भनाइ थियो ।

राज्यमन्त्री यादवले मिडवाइफ्रीसम्बन्धी अध्ययन स्नातकोत्तर तहमा पनि सुरु गरिसकेको जानकारी दिए ।

सम्मेलन दुई दिनसम्म चल्नेछ ।