२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


संसद्को बैठक आज बस्दै, कांग्रेस कडा रुपमा प्रस्तुत हुने तयारीमा


0
Shares

काठमाडौं, असार १ । व्यवस्थापिका संसद्को बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको दफाबार छलफल गराउने तयारी संसद् सचिवालयले गरेको छ ।

तर कार्यसूची तयार पार्ने विषयमा सभामुख ओनसरी घर्तीले हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक नराख्नुभएका कारण अन्योल कायमै छ ।

संसद्को बैठकमा नेपाली कांग्रेसका सांसदहरुले राष्ट्रिय पुनर्निर्माण प्राधकिरणको कामकारबाहीलाई लिएर कडा रुपमा प्रस्तुत हुने तयारी गरेका छन् ।

संसद् सचिवालयले आजदेखि नियमावली पारत गर्ने प्रक्रिया अघि बढाउने र असार ५ गतेदेखि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु गरी असारको तेस्रो साता बजेट पारित गर्ने कार्यतालिका तयार पारेको छ ।

यसलाई सभामुख नेतृत्वको कार्यव्यवस्था  परामर्श समितिको बैठकले अन्तिम रुप दिन भने बाँकी छ । नियमावली मस्यौदा समितिको प्रतिवेदनमा परेका ६ वटा संशोधन प्रस्तावमाथिको दफाबार छलफल हुन बाँकी छ ।
 त्यतिन्जेल पनि सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नभए सदनले मतदानबाटै सुनुवाई समितिको संख्या टुंगो लगाउने छ ।