Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


सहज ढंगले नागरिकता प्रदान गर्न समितिको निर्देशन


0
Shares

काठमाडौं, असार १ । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले कानुनले तोकेको प्रकृया पुरा गरेका नागरिकलाई सहज ढंगले नागरिकता प्रदान गर्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले प्रक्रिया नपुगेका अंगिकृत नागरिकतासम्बन्धी ९७ वटा मुद्दा गृह मन्त्रालयमा रहेकाले तिनीहरुको छानविन गरी छिटै टुंगोमा पुर्‍याउनसमेत निर्देशन दिएको छ ।

कुनै पनि विदेशीलाई अंगिकृत नागरिता दिनु अघि विदेशको नागरिकता परित्याग गरेको हुनुपर्ने र कानुनले तोकेअनुसारनै व्यवस्था गर्न समितिले भनेको छ । समितिको बैठकमा गृह, कानुन र परराष्ट्र मन्त्रालयका प्रतिनिधि उपस्थित थिए ।

बैठकमा समितिका सदस्यहरुले विदेशी नागरिकसँग विवाह गरी जन्मेका सन्तानको नेपालमा प्राप्त अधिकारबारे निश्चित प्रावधान राख्न सुझाव दिएका छन् । उनीहरुले नागरिकतासम्बन्धी कानुनको व्यवस्था गरिए पनि राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।