११ असार २०८२, बुधबार | Wed Jun 25 2025


भारत हुँदै इराक जान लागेका ४ नेपाली युवती फर्काइए


0
Shares

डिल्लीराज पन्त (इमेज)
कन्चनपुर, असार १ । आकर्षक रोजगारीको प्रलोभनमा भारत हुँदै इराक जान लागेका चारजना युवतीलाई माइती नेपालको टोलीले कन्चनपुरको गड्डाचौकीबाट उद्धार गरेको छ ।

काठमाडौंबाट नयाँदिल्ली जाने बसमा सवार चारैजनाले भारतको सिम्ला घुम्न जाने बताएपनि सोधपुछकोक्रममा दिल्ली हुँदै इराक जान लागेको खुलासा भएको थियो ।

युवतीहरु २० देखि २२ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये एकजना सिन्धुपाल्चोक र दुईजना काभ्रेका रहेका माइती नेपाल कन्चनपुरले जानकारी दिएको छ ।

उनीहरुलाई स्थानीय दलालले भारत हुँदै इराक पुर्‍याउन खोजेको प्रहरीले जनाएको छ ।