
हेटौंडा, असार १ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न चासो नदेखाएको आरोप लगाएका छन् ।
नेता पौडेलले बुधबार नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर–३ को एकदिने क्षेत्रीय प्रशिक्षण कार्यक्रमलाई हेटौंडामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
उनले अब संविधान कार्यान्वयनको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताउँदै ‘संविधान कार्यान्वयनका लागि स्थानीय निकाय निर्वाचन गर्न आवश्यक छ’–भने ।
सो कार्यक्रममा क्षेत्र नम्बर–१ का सांसद ईन्द्रबहादुर बानियाँ, रघुरमण न्यौपाने, बुद्ध लामा र तारानाथ चौलागाइँलगायतका वक्ताले कांग्रेस संगठन विस्तार र नेतृत्व विकाससम्बन्धी विचार व्यक्त गरेका थिए । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्