
सरोज अधिकारी/दिलिप पोखरेल (इमेज)
काठमाडौं, असार १ । सरकारले भूकम्पपीडितलाई सहयोग र पुनःनिर्माणको काम अघि बढाउन नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदमा आक्रमकरुपमा प्रस्तुत भएको छ ।
व्यक्तिगत् घर बनाउने सम्झौतमा ढिलाइ गरेको र पीडितले अझैपनि रकम पाउन नसकेको जस्ता आरोप कांग्रेसले लगाएको छ ।
सत्तापक्षका सांसदले भने पुनःनिर्माणको विषय संवेदनशील भएको भन्दै त्यसलाई नउछाल्न आग्रह गरेका छन् ।
भूकम्प गएको १४ महिना पूरा भएको छ । तर, भूकम्पबाट भत्किएका संरचनाहरुको पुनःनिर्माण अझै सुरु हुन सकेको छैन ।
पुनःनिर्माणका लागि प्राधिकरण नै बनाएर काम अघि बढाइएको भएपनि उपत्यकाबाहिर साढे पाँच लाख र उपत्यकामा एक लाख गरी झन्डै साढे ६ लाख घर पुनःनिर्माणका लागि सरकारले दिने भनेको दुई लाख रुपैयाँको सहयोग वितरणका लागि अहिलेसम्म एकधुरीका लागिमात्रै सम्झौता भएको छ भने त्यसमध्ये दुई हजारजनाले पहिलो किस्ता पाएका छन् ।
यस्तै गतिमा काम हुने हो भने पुनःनिर्माणको काम सकिन वर्षाैं लाग्ने देखिन्छ ।
बुधबार बसेको व्यवस्थापिका–संसद बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसदहरुले यो विषयलाई जोडदाररुपमै उठाएका छन् ।
संसदमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद नवीन्द्रराज जोशीले भूकम्पपीडितकोरुपमा सहयोग पाउन एमाले संगठित सदस्य हुनुपर्ने जस्तो व्यवहार भइरहेको आरोप लगाए ।
उनले काठमाडौंमा जाडोमा दिने भनिएको १५ हजार रुपैयाँसमेत अहिलेसम्म नदिइएको, प्राधिकरणको काम सबै एमालेनिकट एनजीओलाई दिएको आरोप लगाउँदै यो अवस्था कायम रहे प्रतिवादमा उत्रने चेतावनी दिए । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्