
रुसुवा, असार १ । रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुन्डमा बुधबार गंगा दशहरा मेला सम्पन्न भएको छ ।
१० दिनसम्म लागेको मेलामा करिब एक हजार तीर्थालु सहभागी रहेको आयोजकले बताएको छ । जेठ प्रतिपदादेखि दशमीसम्म लाग्ने मेला बुधबार सम्पन्न भएको हो ।
यसअघि गोसाइँकुन्ड क्षेत्र विकास समितिले मेला व्यवस्थापन गर्दै आएकोमा यो वर्ष मेला व्यवस्थापनमा सरोकारवालाको ध्यान नपुग्दा तीर्थयात्री घटेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्