११ असार २०८२, बुधबार | Wed Jun 25 2025


सामाजिक सुरक्षा कर लगाउन सरकारलाई संस्कृतिविद् जोशीको सुझाव


0
Shares

काठमाडौं, असार १ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले सरकारलाई सामाजिक सुरक्षा कर लगाउन सुझाव दिएका छन् ।

ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहारविरुद्धको दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् ।

वरिष्ठ संस्कृतिविद् जोशीले यसरी कर लगाए सामाजिक सुरक्षाभत्ताले निरन्तरता पाउने र ज्येष्ठ नागरिक तथा एकल महिलाको जीवनस्तर सुध्रिने बताए ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ संस्कृतिविद् जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे, काठमाडौंका प्रथम जननिर्वाचित मेयर जनकमान श्रेष्ठ, ज्येष्ठ कम्युनिष्ट नेता बसन्त गौचनलगायत १५ जनालाई सम्मान गरेका थिए ।