
काठमाडौं, असार १ । पेशागत महासंघ (कोनेप)को छैटौं राष्ट्रिय महाधिवेशन असार ३ गतेदेखि राजधानीमा हुने भएको छ ।
महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी तीन दिनसम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिएको हो ।
महाधिवेशन व्यवस्थित बनाउन महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलको संयोजकत्वमा ९१ सदस्यीय व्यवस्थापन समिति र विभिन्न १४ ओटा उपसमितिहरु गठन गरिएको छ ।
महाधिवेशनमा महासंघमा आवद्ध २५ राष्ट्रिय घटकहरु, ४७ ओटा प्रतिष्ठानस्तरका ट्रेड युनियन र महासंघका ७५ जिल्लाबाट आठ सयभन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकहरुले भाग लिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्