११ असार २०८२, बुधबार | Wed Jun 25 2025


वीपी राजमार्गमा टाईम कार्ड प्रणाली लागु


0
Shares

सिन्धुली, असार २ । सिन्धुलीको वीपी राजमार्गमा हुने सडक दुर्घटना न्युनीकरण गर्न टाईम कार्ड प्रणाली लागु गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा भिमानमा आयोजित कार्यक्रममा मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक ईश्वरी चापागाईं र जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशंकर पंजियारले सवारी चालकहरुलाई टाईम कार्ड प्रदान गरी सेवाको सुरुवात गरे ।

टाईम कार्ड प्रणालीअनुसार सिन्धुलीको भिमानदेखि नेपालथोकसम्मको ९५ किलोमिटर सडक यात्रा अबधिका लागि लागु हुने जनाइएको छ ।

टाइम कार्ड लागू भएपछि अब साना सवारीसाधनले भिमानदेखि शिवनगर १८ किमी ३५ मिनेटमा, शिवनगरदेखि खुर्कोट ३९ किमी एक घन्टा ४० मिनेटमा र खुर्कोटदेखि नेपालथोकसम्मको ३८ किमी दूरी एक घन्टा १५ मिनेटमा पार गर्नुपर्ने भएको छ ।

यस्तै ठूला सवारीसाधनले भिमानदेखि शिवनगर १८ किमी एक घन्टा, शिवनगरदेखि खुर्कोट ३९ किमी दुई घन्टा र खुर्कोटदेखि नेपालथोकसम्मको ३८ किमीको दूरी दुई घन्टा ४० मिनेटमा पार गर्नुपर्ने भएको छ ।

वीपी राजमार्गमा सवारी चाप बढेपछि दैनिक दुर्घटना हुने गरेका छ । टाईम कार्डले सडक दुर्घटनामा कमी आउने विश्वास ट्राफिक प्रहरीको छ ।